सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ३ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात विहीबार मंसिर २ गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x