धितोपत्र बजारमा गिरावट, नेप्से २४१४.६२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव २३ अंकले घटेर २४१४ दशमलव ६२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ८९ अंकले घटेर ४५९ दशमलव ४१ को विन्दुमा पुगेको छ ।

आज कूल २२८ कम्पनीका ९८ लाख ७९ हजार १०९ कित्ता शेयर रु ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये पाच उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह २९ दशमलव २३ अङ्कले बढ्दा विकास बैंक उपसमूह ४० दशमलव ४७ अङ्कले, जलविद्युत ७.५७ अङ्कले, वित्त उपसमूह ४६.६२ अङ्कले, निर्जीवन बीमा २७.०६ अङ्कले, उत्पादन उपसमूह ७.७७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४६ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ९ दशमलव २८ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ५३ दशमलव २८ अङ्कले, अन्य उपसमूह ११.०५ अङ्कले, लघुवित्त उपसमूह १७.७९ अङ्कले र जीवन बीमा ४३.९८ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x