चन्द्रागिरी हिल्सको "न्यु यर इभ प्याकेज"

chandragiri hills
Chandragiri Hills

ज्ञानमाण्डू। हाम्रो दैनिक दिनचर्यामा काठमाडौँको व्यस्त सडक, अनन्त ट्राफिक र प्रदूषण तपाइ हाम्रो मस्तिष्कमा चिड्चिडाहटकाे मूल कारण बन्दछन्। उपत्यकाको प्रदूषणमै घुमिरहेको जीवनी र यो भिडमा हामी यसरी हरायौँ कि क्यालेन्डरले हामीलाई सधैँ प्रस्ताव गर्दा गर्दै पनि नीलाम्मे आकाशको क्षितिजमा डुबिरहेको उपत्यकाको मधुर साजमा र अनन्त कालदेखि उभिएका हरिया पहाड र उनका गौरवको प्रशंसा गर्दै रमाउन भुसुक्कै बिर्सेछौँ ।

कलङ्कीको बाक्लो भिड र केही ट्राफिक पार गर्दै कम किलोमिटरको सानो ड्राइभ पश्चात् केही कदम अगाडी चन्द्रागिरी पर्वत बस्दछ । टिकेट अनि केही जाँच पछि शान्त र करिब दश मिनेट आरामदायक केबुलकार सवारीको अनुभूति लिँदै हामी चन्द्रागिरीको बढ्दो पहाडसँग उठ्दा आकर्षक काठमाडौँको प्रशंसनीय दृश्य देख्न सक्छौँ।

नेपाली परम्परागत मौलिकता र परिवेशको मिश्रण सहित अन्य आयामी पक्षहरूको अनुभव गराउने चन्द्रागिरी हिल्सले नव वर्ष यादगार बनाउन नव वर्ष २०२२ को अवसरमा "न्यु यर इभ प्याकेज" ल्याएकाे छ । लाइभ बार्बिक्यु, डिजे र आकर्षक उपहारले भरिभराउ यस प्याकेजको न्यूनतम दर रु. २०,०००/- रहेको छ । उक्त प्याकेजमा दुई तर्फी केवल कारको सवारी, ब्रेकफास्ट/गाला डिनर, डिलक्स रुम, स्विम्मिंग पुल तथा जाकुजी सुविधाका साथै स्पामा १०% छूट समेत रहेको छ । चन्द्रागिरी हिल्सकाे न्यु यर इभ प्याकेजको रिजर्भेसनका लागि पूर्व भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ ।

चन्द्रागिरीको परिदृश्य एकै नजरमा अटाउन सकिँदैन, एक चोटिको अवलोकनले जो कोहीको यहाँ रमाउने इच्छा पुरा हुँदैन तसर्थ चन्द्रागिरी हिल्सको बारम्बार भ्रमण सबैको इच्छा सूचीको पहिलो रोजाइमा पर्ने गन्तव्येको रूपमा पनि लिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x