काठमाडौँमा ग्लोबल आइएमईको डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्क लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


सातै प्रदेशका गाउँदेखि सहर सम्म डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म ७ वटै प्रदेशमा डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको बैङ्कले जानकारी दिएको छ ।

देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत ग्लोबल आइएमई बैङ्कले काठमाडौँ उपत्यकाको वसुन्धरामा स्थित दियालो फुडल्याण्डमा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सफलताका साथ समापन गरेको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका विभिन्न शाखाका प्रतिनिधि, डिजिटल बैंकिङ्गका बारे बुझ्न निकै उत्साहित ग्राहक वर्ग र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 


बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलिरहेको बैङ्कका धापासी शाखा प्रमुख विष्णु पोख्रेलले बताए ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैङ्कले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको प्रमुख पोख्रेलले उल्लेख गरे ।


आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्‍याउनु जरुरी रहेको विषयमा कार्यक्रमका उपस्थित बैङ्कका प्रतिनिधिहरुले प्रकाश पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x