फागुन अन्त्यसम्ममा सर्वाधिक नाफा कमाउन ग्लोबल आइएमई बैङ्क अगाडि, कुन बैङ्कको नाफा कति ?

  commercial banks profit in nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले ४६ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन महिनासम्म २७ वटा वाणिज्य बैङ्कहरूले ४६ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात् माघमा २७ वटा वाणिज्य बैङ्कहरूले जम्मा ४० अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए। माघको तुलनामा फागुनमा नाफा ६ अर्ब ६२ करोड रुपैयाँ अर्थात् १६.४४ प्रतिशतले वृद्धि भएको देख्न सकिन्छ। त्यस्तै, सञ्चालनमा रहेका सम्पूर्ण वाणिज्य बैङ्कहरूले औसतमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

फागुन अन्त्यसम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन ग्लाेबल आइएमई बैङ्क अगाडि, कुन बैङ्कको नाफा कति ?

समीक्षा अवधिमा ३ अर्ब भन्दा बढी नाफा कमाउन कुल ३ वाणिज्य बैङ्कहरू सफल भएका छन् भने २ अर्ब वा सो भन्दा बढी नाफा कमाउन ९ वाणिज्य बैङ्कहरू र १ अर्ब वा सो भन्दा बढी नाफा कमाउन कुल २५ वाणिज्य बैङ्कहरू सफल भएका छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा २७ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक नाफा कमाउने वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्क लिमिटेड भएको छ । ग्लोबल आइएमई बैङ्कले ३ अर्ब ४६ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको माघको तुलनामा १४.२५ प्रतिशतको वृद्धि हो। गत महिना बैङ्कले ३ अर्ब ३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको तथ्याङ्कले जनाएको छ।

ग्लोबल आइएमई बैङ्क पश्चात सर्वाधिक नाफा आर्जन गर्न एनआईसी एशिया बैङ्क र नबिल बैङ्क सफल भएका छन्। एनआईसी एशिया बैङ्ककाे नाफा ३ अर्ब २९ कराेड रुपैयाँ रहेकाे छ भने नबिल बैङ्ककाे नाफा ३ अर्ब ४ कराेड रुपैयाँ रहेकाे छ यता सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्कले २ अर्ब ६५ कराेड रुपैयाँ नाफा कमाउँदा प्राइम कमर्सियल बैङ्कले सोही अवधिमा २ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएकाे छ।

एनएमबि बैङ्कले २ अर्ब २२ करोड नाफा गर्दा नेपाल इन्भेष्टमेन्ट बैङ्कले २ अर्ब १५ करोड, सिद्धार्थ बैङ्कले २ अर्ब ४ कराेड, नेपाल बैङ्कले २ अर्ब, कृषि विकास बैङ्कले १ अर्ब ८० करोड, मेगा बैङ्कले १ अर्ब ६८ करोड, प्रभु बैङ्कले १ अर्ब ६६ करोड, कुमारी बैङ्कले १ अर्ब ४८ कराेड, सिटिजन्स बैङ्कले १ अर्ब ४५ कराेड, सानिमा बैङ्कले १ अर्ब ४१ कराेड, नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ३९ करोड, माछापुच्छ्रे बैङ्कले १ अर्ब ३६ कराेड, हिमालयन बैङ्कले १ अर्ब २९ कराेड र एभरेष्ट बैङ्कले १ अर्ब २२ कराेड रुपैयाँ मुनाफा आर्जन गरेको तथ्याङ्कले देखाएको छ।


त्यस्तै लक्ष्मी बैङ्कले १ अर्ब १५ कराेड, नेपाल एसबिआई बैङ्कले १ अर्ब १४ कराेड, सुन्राइज बैङ्कले १ अर्ब १३ कराेड, बैङ्क अफ काठमाण्डूले १ अर्ब १० करोड, नेपाल बङ्गलादेश बैङ्कले १ अर्ब ३ कराेड, सेञ्चुरि कमर्सियल बैङ्कले ९२ करोड र सिभिल बैङ्कले ७३ करोड रुपैयाँ नाफा कमाएका छन् । 

समीक्षा अवधिमा सर्वाधिक कम नाफा गर्ने वाणिज्य बैङ्क सिभिल बैङ्क लिमिटेड रहेकाे छ। उक्त बैङ्कले यस अवधिमा ७३ करोड ६१ लाख रूपैयाँ नाफा गरेको छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको माघ महिनाको तुलनामा १९.१७ प्रतिशतको वृद्धि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x