कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग

ज्ञानमाण्डू।पश्चिमाञ्चल होटेल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ । 

सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षण पत्र प्रदान गर्दै मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्न ध्यानाकर्षण गराएको हो ।

कोरोना भाइरसका कारण पर्यटन तथा होटेल व्यवसायमा परेको प्रभावका सम्बन्धमा सदस्य होटेल सञ्चालकबिचको छलफल तथा अन्तर्क्रियामा मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्नुपर्नेमा जोड दिएको थियो । 
यसै गरी आगन्तुक पाहुना तथा होटेलमा कार्यरत कर्मचारी र आम उपभोक्तालाई समेत असहज परिस्थिति सिर्जना हुन थालेको गुनासो सङ्घको कार्यालयमा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तुलाचनले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा उत्तिकै त्रास र सङ्कट सिर्जना भएको जानकारी दिए ।

सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० मा केही राहत हुने अपेक्षा गर्दै गर्दा विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखापरेको भाइरसका कारण होटेल तथा पर्यटन उद्योगमा असर पुग्न गई बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज एवं होटेलमा कार्यरत कर्मचारीको पारिश्रमिकसमेत भुक्तानी गर्न सक्ने अवस्था नभएको ध्यानाकर्षण पत्रमार्फत स्मरण गराइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x