साताको सुरुवातमा सिडी रेसियो ९१.२४% हुँदा बैंक तथा वित्तहरुको निक्षेप स्थिर, कर्जा थोरै बढ्यो


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत पुस ९ गतेसम्म ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप पुस ११ गतेका दिनसम्म आइपुग्दा स्थिर रहेको छ । सो अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप पनि दुई दिनको अवधिमा १ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ९ गतेसम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ रहेको तथ्याङ्कले जनाएको छ ।

त्यसै गरी बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलनमा गत पुस ९ गतेको तुलनामा १ अर्ब रुपैयाँले गिरावट आउँदा पुस ११ गतेका दिन ५ खर्ब ७० अर्ब रुपैंया सिमित भएको छ। पुस ९ गतेका दिनसम्म यी विकास बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५ खर्ब ७१ अर्ब रहेको थियो।

यता, पुस ११ गतेसम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ। गत पुस ९ गतेसम्म इजाजत प्राप्त संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेको थियो। यस अवधिमा इजाजत प्राप्त संस्थाहरूको १ अर्ब रुपैंया मात्रको कर्जा लगानी विस्तार भएको राष्ट्र बैङ्कको तथ्यांकले जनाएको छ। 



बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९० प्रतिशत अधिक भएका कारण उक्त संस्थाहरूसँग लगानीका लागि कर्जा प्रवाह गर्ने अवस्था नरहेको कारण कुल कर्जा लगानीमा खासै परिवर्तन नदेखिएको हो । पुस ११ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९१.२४ प्रतिशत रहेको छ। औसत सिडी रेसियो पुस ९ गते ९१.०९ प्रतिशतमा कायम थियो।

यस अवधिमा वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानी ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ जुन गत पुस ९ गतेसम्मको तुलनामा १ अर्ब रुपैंयाको वृद्धि हो । त्यस्तै, बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पुस ११ गतेसम्म ५ खर्ब १७ अर्ब रुपैंया रहेको छ जुन गत पुस ९ गतेसम्मको तुलनामा थपघट भएको छैन । 

सिडी रेसियो ९० प्रतिशत अधिक भएका कारण उक्त संस्थाहरू सँग लगानीका लागि कर्जा प्रवाह गर्ने क्षमता छैन । सिडी रेसियो ९० प्रतिशतको विन्दु भन्दा तल भरे पश्चात् मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानीमा वृद्धि देखिने छ। यसका निम्ति उक्त संस्थाहरूले निक्षेप वृद्धि गर्न निकै आवश्यक देखिन्छ।

पुस ११ गतेसम्म बैङ्कहरूको अन्तर बैङ्क ब्याजदर ४.९८ प्रतिशत रहेको छ। गत पुस ९ गते उक्त ब्याजदर ४.९७ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x