नाफाको आधारमा वाणिज्य बैङ्कहरू मध्ये नबिल १ नम्बर दोस्रोमा ग्लोबल आइएमई, अरूको अवस्था कस्तो ?

-उत्सव ढकाल

ज्ञानमाण्डू। सम्पूर्ण वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । सोही प्रकाशित वित्तीय विवरणहरूलाई आधार मानेर हेर्दा केही वाणिज्य बैङ्कहरू बाहेक सबै वाणिज्य बैङ्कहरूले नाफामा आकर्षक सुधार गरेको देखिन्छ ।

२७ वटा वाणिज्य बैङ्कहरू मध्ये नबिल बैङ्कले ९ महिनाको अवधिमा सर्वाधिक ३ अर्ब ६७ करोड खुद मुनाफा कमाएको छ भने दोस्रोमा ग्लोबल आइएमई बैङ्कले ३ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा गर्दा शेयर बजारमा कारोबार नहुने राष्ट्रिय वाणिज्य बैङ्कले ३ अर्ब २७ करोड खुद मुनाफा गरेको छ। त्यसै गरी केही समय देखि आक्रामक व्यापार गर्दै आएको एनआईशी एशिया बैङ्कले ३ अर्ब खुद मुनाफा गर्दा नेपाल इन्भेस्टमेन्ट बैङ्कले २ अर्ब ८४ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ।

९ महिनाको अवधिमा ३ अर्ब माथि नाफा कमाउन सफल वाणिज्य बैङ्कहरूमा नबिल बैङ्क, ग्लोबल आईएमई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र एनआईसी एशिया बैङ्क रहेका छन् ।

२ अर्ब देखि ३ अर्ब सम्म नाफा कमाउन सफल वाणिज्य बैङ्कहरूमा नेपाल इन्भेष्टमेण्ट बैंक, प्राइम कमर्सियल बैङ्क, एनएमबि बैङ्क, नेपाल बैङ्क, प्रभु बैङ्क, कृषि विकास बैङ्क र सिद्धार्थ बैङ्क रहेका छन् ।

१ अर्ब देखि २ अर्ब सम्म नाफा कमाउन सफल वाणिज्य बैङ्कहरूमा एनसीसी बैङ्क, सनराइज बैङ्क, बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल, हिमालयन बैङ्क, लक्ष्मी बैङ्क, माछापुच्छ्रे बैङ्क, एभरेष्ट बैङ्क, सिटिजन्स बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, कुमारी बैङ्क, सानिमा बैङ्क र मेगा बैङ्क रहेका छन् ।

१ अर्ब मुनी नाफा कमाउन सफल वाणिज्य बैङ्कहरूमा नेपाल एसबिआई बैङ्क, सिभिल बैङ्क र सेञ्चुरी कमर्सियल बैङ्क रहेका छन् ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x