धितोपत्र बजारमा ५६.८८ अङ्कको वृद्धि , नेप्से १९२४.०९ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर १९२४ दशमलव ०९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ३८ अंकले बढेर ३७५ दशमलव ४५ को विन्दुमा पुगेको छ ।



आज कूल २५० कम्पनीहरूका ५६ लाख ५३ हजार ५३ कित्ता शेयर रु. २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य अन्य उपसमूह ३४.६६ अङ्कले घटेकाे छ । यता, बैंकिङ उपसमूह ४२ दशमलव ८१ अङ्कले बढ्दा विकास बैंक उपसमूह १५२ दशमलव ०५ अङ्कले, वित्त उपसमूह ९५ दशमलव १९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६१.१९ अङ्कले, जलविद्युत उपसमूह १००.०९ अङ्कले, लगानी उपसमूह २.२९ अङ्कले, जीवन बिमा उपसमूह २५६.०५ अङ्कले, उत्पादन उपसमूह १३९.८८ अङ्कले, लघुवित्त उपसमूह ११८.८१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २४ अङ्कले, निर्जीवन बिमा २५७.६२ अङ्कले र ट्रेडिङ उपसमूह ५६.५६ अङ्कले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x