आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ ।
सातै प्रदेशमा डिजिटल साक्षरता फैलाउने उद्देश्यले गत जेठ १६ गतेदेखि डिजिटल साक्षरतामूलक कार्यक्रम आइसिटी ज्ञान सुरु भएको थियो ।
सातै प्रदेशका विभिन्न ठाउँमा आयोजना भएको कार्यक्रममा डिजिटल साक्षरता कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विज्ञ, स्थानीय लगायत २ हजार बढीको सहभागिता रहेको थियो ।
कार्यक्रम कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सर्लाही, बागमतीको दोलाखा, गण्डकीको स्याङ्जा, लुम्बिनीको प्युठान, कर्णालीको सल्यान र सुदूरपश्चिमको कैलालीमा आइसिटी ज्ञान सञ्चालन भएको थियो ।
कार्यक्रममा ओटिपि कोड शेयर गर्नु नहुने, जुन पायो, त्यही मोबाइल एप चलाउन नहुने, वेबसाइट आधिकारिक हो कि होइन एकिन गर्नुपर्ने, कसैले भनेको वा सोधेको आधारमा आफ्नो विवरण शेयर नगर्ने, फ्री वाईफाई प्रयोग गरेर डिजिटल कारोबार नगर्ने, विशेष क्यारेक्टरको प्रयोग गरेर सजिलै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, बेला बेला पासवर्ड परिवर्तन गर्ने, अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य परिचय खुल्ने विवरण सामाजिक सञ्जालमा शेयर नगर्ने, आफ्नो नामको मोबाइल नम्बर प्रयोग गर्ने जस्ता साक्षरता प्रदान गरिएको थियो ।
साक्षरता कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूले पनि अझै धेरै ठाउँमा यस्ता डिजिटल साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।
प्रविधिको विकास र विस्तारसँगै डिजिटल साक्षरतामा देखिएको खाडँललाई कम गर्न एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइसिटी ज्ञान सुरु गरिएको थियो ।
सुगमदेखि गाउँ गाउँसम्म डिजिटल साक्षरता फैलाउन प्रदेशस्तरीय कार्यक्रमको रूपमा आयोजना भएको आइसिटी ज्ञानमा साइबर सुरक्षा, डिजिटल टुल, विद्युतीय सुशासन, वित्तीय प्रविधि जस्ता विषयमा विषय विज्ञले साक्षरता प्रदान गरेका थिए भने त्यसको बारेमा अभ्यास समेत गराइएको थियो ।
आइसिटी ज्ञान कार्यक्रमले डिजिटल समावेशिता र प्रविधिमैत्री समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
 
एनसेल फाउडेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न, डिजिटल खाँडल घटाउने विश्वास
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            