चीन सरकारले बाढीपीडितको राहत तथा उद्धारका लागि नेपाललाई ३० करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
यससँगै चिनियाँ रेडक्रसले बाढीपीडितका लागि उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत राजदूत माओमिङले हस्तान्तरण गरेका छन्।
नगद सहयोगसँगै चीनले राहत सामग्रीसमेत नेपाल पठाएको छ। आइतबार मात्रै दुई वटा चिनियाँ जहाजमार्फत ५० टन सहायता सामग्री काठमाडौँ ल्याइएको छ।
उक्त सामग्रीमा टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट तथा बिस्कुटलगायतका राहत सामग्री रहेका छन्।
बाढीपीडितका लागि चीनले नेपाललाई ३० करोड रुपैयाँ सहयोग गर्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
