गुराँस लाइफ इन्स्योरेन्सले आज बाह्राैँ वार्षिक साधारण सभा गर्दै


 

गुराँस लाइफ इन्स्योरेन्सले यही कार्तिक ४ गते (आज) बाह्राैँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभा कम्पनीकाे प्रधान कार्यलय, श्री राज भवन, तिानकुने, काठमाण्डाैँ र साथै भिडियाे कन्फ्रेन्सकाे माध्यमबाट बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सञ्चालक समितिले सिफारिस गरे बमाेजिम आर्थिक वर्ष (आ.व) २०७६/०७७ काे मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४२ लाख ५० हजारको ७ दशमलव ४४२५ प्रतिशतले हुन आउने रकम रू. १५ कराेड ५१ लाख २० हजार बराबरकाे बाेनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९१७१ प्रतिशतले हुन आउने रकम रू. ८१ लाख ६४ हजार २१० नगद लाभांश वितरणको प्रस्ताव गरेकाे छ।

सभाले अध्यक्षज्यूकाे मन्तव्य तथा संचालक समितिकाे वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ र लेखा परिक्षण समितिकाे सिफारिस बमाेजिम आ.व २०७७/०७८ काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजकाे पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

यस गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने बिषयमा भएको सञ्चालक समितिको निर्णय लाई पनि अनुमोदन गर्नेछ ।

 

कम्पनीले साउन २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने जानकारि दिएकाे छ भने, मर्जर प्रयोजनको लागि कम्पनीकाे शेयर कारोबार जेठ ३ गतेदेखि बन्द रहेकाे छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x