लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले श्रावण १७ गते (आज) २० औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा लिसारा रिसेप्सन (Lisara Receptions) भगवती बहाल नक्साल, काठमाडौँमा अपराह्न १२:१५ बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र साधारण शेयरको ७०:३० को अनुपातलाई परिवर्तन गरी ६५:३५ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने र सोही अनुसार प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि श्रावण ०९ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा श्रावण ०८ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
आज लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले २० औँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
