युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल कात्तिक २५ गते, शुक्रवारका दिन बसेको सञ्चालक समितिको ३७६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ५.२६३२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर र शुन्य दशमलव २६३२ प्रतिशतले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेकाे छ । आर्थिक वर्ष २०७२/७३ मा युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो । आर्थिक वर्ष २०७२/७३ पछि साे इन्स्योरेन्स कम्पनीले लाभांश दिन लागेको हो ।
Click here to view the notice.
युनाइटेड इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
