कुमारी बैङ्क लिमिटेडको संस्थापक शेयर श्रावण १९ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको बैङ्कको ७ लाख ५७ हजार ६९९ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. १०५ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरू तथा अन्य इच्छुक व्यक्ति, कम्पनी तथा सङ्गठित संस्थाहरूले भाद्र ०१ गते सम्ममा सो कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रति कित्ता के कति दरमा लिने हो सो उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने बैङ्कले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताको लागि र सो भन्दा माथि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने बैङ्कले बताएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कुमारी बैङ्कको संस्थापक शेयर आज देखि लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%