गरिमा विकास बैङ्कको ६३ हजार २०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला


गरिमा विकास बैङ्कले संस्थापक समूह अन्तर्गतको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैङ्कले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ६३ हजार २०० कित्ता शेयर खुला गरेको हो।

यस अघि बैङ्कले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै बिक्रीका लागि सूचना जारी गरेको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक समूहबाट कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक व्यक्ति तथा संस्थाका लागि शेयर खरिदको अवसर प्रदान गरिएको हो।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैङ्कको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौँमा पेस गर्न सकिनेछ।

बैङ्कले प्रचलित नियमअनुसार पारदर्शी ढङ्गले शेयर बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x