लक्ष्मी लघुवित्तले आज एघारौँ वार्षिक साधारण सभा गर्दै


लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन २९ गते (आज) ११ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रकम रु. ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतका दरले हुन आउने रकम रु. १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन १६ गते सम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x