एनएमबि बैङ्कलाई अन्तर्राष्ट्रिय ‘एसटीपी अवार्ड २०२५’ सम्मान

एनएमबि बैङ्कले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैङ्क एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ ।

यो अवार्ड अन्तर्राष्ट्रिय बैङ्किङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो । यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढङ्गले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रधान गर्ने सीमित बैङ्कहरू मात्र प्रदान गरिन्छ । यसले एनएमबि बैङ्कको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँदछ ।

यस अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे भन्छन्, “हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैङ्किङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो । उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।”

यस उपलब्धिले एनएमबि बैङ्कलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x