सालपा विकास बैङ्कको ८६ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि असार २४ गते सकिने

सालपा विकास बैङ्क लिमिटेडको सामूहिक लगानी कोषतर्फ बाँडफाँट गरिएको ८६ हजार १९४ कित्ता शेयरको लकइन अवधि यही असार २४ गते समाप्त हुने भएको छ।

धितोपत्र निष्कासन सम्बन्धी प्रचलित व्यवस्था अनुसार सर्वसाधारणलाई आइपिओ बाँडफाँट गरिएको मितिदेखि सामूहिक लगानी कोषलाई प्राप्त शेयर ६ महिनासम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार उक्त शेयर हालसम्म कारोबारका लागि रोक्का रहेको थियो।

लकइन अवधि समाप्त भएसँगै सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ८६ हजार १९४ कित्ता शेयर दोस्रो बजारमा कारोबार योग्य बन्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x