महालक्ष्मी विकास बैङ्कको काठमाडौँ जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक सम उद्घाटन कार्यक्रम आज मिति २०८३/०३/२६ गते सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका बिच बैङ्कका सञ्चालक समितिका अध्यक्ष श्री राजेश उपाध्याय ज्यूलेकफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको सम उद्घाटन गर्नुभएको हो । सो कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैङ्क कर्मचारीहरूको उपस्थिति रहेको थियो । डिजिटल बैङ्किङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नितिलाई निरन्तरता दिँदै बैङ्किङ सेवामा नवीनतम अवधारणाको प्रयोगको रूपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको छ जस अन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लिियरिङ्ग गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरूको विशिष्ट अनुभव लिन सक्नेछन्।
नेपालको बैङ्किङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैङ्क सभ्मवत पहिलो बैङ्क रहेको छ । डिजिटल प्रविधिको प्रयोगमा युवाहरूलाई आकर्षित गर्न तथा ग्राहकहरू माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफि लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैङ्किङ सेवा सम्बन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरूको लागि सिकाई र अनुभवको केन्द्र बन्ने अपेक्षा बैकले लिएको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कको रेगुलेटरी स्यान्ड बक्सको अवधारणालाई समेत अवलम्बन गरी भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ वित्तीय सेवा ग्राहकहरूलाई प्रदान गर्न बैङ्क प्रतिबद्ध रहेको छ ।
महालक्ष्मी विकास बैङ्कको कफि लाउन्ज सहितको डिजिटल हबको सम उद्घाटन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
