ग्लोबल आइएमई बैङ्कले ल्यायो एउटै खातामा बचत र मुद्दती दुवैको प्रतिफल पाइने ‟सोचे जस्तै बैङ्क खाता”

ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरूलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले सोचे जस्तै बैङ्क खाता सञ्चालनमा ल्याएको छ ।

बैङ्कले ल्याएको नयाँ खातामा ग्राहकहरूको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्नेछ ।

यसका साथै, सोचे जस्तै बैङ्क खाता खोल्ने ग्राहकहरूले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरेको छ ।

ग्राहकहरूमा नियमित बचत गर्ने बानिको विकास गर्ने अभिप्रायले बैङ्कले आफ्ना ग्राहकहरूलाई लक्षित गरी समयमयमा यस्ता योजनाहरू ल्याउने गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
100.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x