
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर २८०२ दशमलव ५२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ७५ अङ्कले बढेर ४७६ दशमलव ८८ को विन्दुमा पुगेको छ ।
आज कूल ३४६ कम्पनीहरूका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर रु. ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह १६ दशमलव ८४ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ११७ दशमलव ५२ अङ्कले, वित्त उपसमूह ३५ दशमलव २७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १९३.०९ अङ्कले, जलविद्युत उपसमूह ९९.५२ अङ्कले, लगानी उपसमूह १.४२ अङ्कले, जीवन बिमा उपसमूह १६७.२८ अङ्कले, उत्पादन उपसमूह ४१७.१४ अङ्कले, लघुवित्त उपसमूह ६२.६४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २१ अङ्कले, निर्जीवन बिमा १११.६४ अङ्कले, अन्य उपसमूह ३.२१ अङ्कले र ट्रेडिङ उपसमूह २३.५१ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ४५.१२ अङ्कको वृद्धि, नेप्से २८०२.५२ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
