धितोपत्र बजारमा ३६ लाख ७५ हजार १०१ कित्ता शेयर कारोबार



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ८२ अङ्कले घटेर १८२९ दशमलव ६५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ४८ अङ्कले घटेर ३५२ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

आज कूल २८५ कम्पनीहरूका ३६ लाख ७५ हजार १०१ कित्ता शेयर रु. ९५ करोड ४ लाख ७९ हजार ५८३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव ०७ अङ्कले बढेको छ । यता, बैङ्किङ उपसमूह ६ दशमलव २८ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ३१ दशमलव ७४अङ्कले, वित्त उपसमूह २५.२७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १२९.२६ अङ्कले, जलविद्युत उपसमूह २७.०९ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ४१ अङ्कले, जीवन बिमा उपसमूह ११९.९६ अङ्कले, उत्पादन उपसमूह १५२.६५ अङ्कले, लघुवित्त उपसमूह ९७.१७ अङ्कले, निर्जीवन बिमा १३४.१९ अङ्कले, अन्य उपसमूह २४.४४ अङ्कले र ट्रेडिङ उपसमूह २९.९७ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x