अरुण भ्याली हाइड्रोपावरले घोषणा गर्‍यो ५.२६३ प्रतिशत लाभांश


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हाल कायम चुक्ता पुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिनेछ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी असोज २७ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभामा लाभांश वितरणसहित अन्य प्रस्तावमाथि पनि छलफल तथा निर्णय हुनेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x