सिक्लेस हाइड्रोपावर कम्पनीले आज वार्षिक साधारण सभा गर्दै

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले यही चैत्र २० गते (आज) अठारौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा आभ्या क्लब, घारीपाटन (१७ पोखरा, कास्की) मा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता पुँजीको १०.५२६ प्रतिशतका दरले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x