
साताको चौँथो कारोबार दिन नेप्से परिसूचक शुन्य दशमलव ०४ अङ्कले घटेर २६६२ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज कूल ३२९ कम्पनीहरूका २ कराेड २२ लाख ८२ हजार ०५० कित्ता शेयर रु. ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६५ करोड ४७ लाख ६६ हजार ५७२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ६२ करोड १३ लाख ५६ हजार ९४७ बराबरको शेयर कारोबार भएको छ ।
यता, सिंगटी हाइड्रो इनर्जी लिमिटेडको रु. ५८ करोड ७६ लाख ५८ हजार १९८, एसवाई प्यानल नेपाल लिमिटेडको रु. २७ करोड ४९ लाख ९१ हजार ९७६ र युनियन हाइड्रोपावर लिमिटेडको रु. २६ करोड ७ लाख ९३ हजार ३७९ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
