बरुण हाइड्रोपावर कम्पनीले आज १९ औँ वार्षिक साधारण सभा गर्दै


बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले फाल्गुन २८ गते (आज) १९ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा युनियन हाउस, अनामनगर, काठमाण्डाैँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखा परीक्षकको  प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले कम्पनीले गरेका लगानी स्वीकृत गर्ने साथै लगानी सम्बन्धी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १५ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन १४ गते सम्म कायम शेयर धनीहरूले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x