धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर २६४६ दशमलव ०३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ५३ अङ्कले घटेर ४६९ दशमलव १८ को विन्दुमा पुगेको छ ।
आज कूल ३२७ कम्पनीहरूका २ कराेड १० लाख ४८ हजार ९११ कित्ता शेयर रु. ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।
बैङ्किङ उपसमूह ३४ दशमलव २७ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १०१ दशमलव ६९ अङ्कले, वित्त उपसमूह ७७ दशमलव ३४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १८४.२८ अङ्कले, जलविद्युत उपसमूह ८१.०४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ३७ अङ्कले, जीवन बिमा उपसमूह ३३३.८९ अङ्कले, उत्पादन उपसमूह ९०.२४ अङ्कले, लघुवित्त उपसमूह १२२.९४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २० अङ्कले, निर्जीवन बिमा ३३३.०८ अङ्कले, अन्य उपसमूह ३७.५७ अङ्कले र ट्रेडिङ उपसमूह १३.३४ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ५५.८६ अङ्कको गिरावट, नेप्से २६४६.०३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%