साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर १९०१ दशमलव ९९ को विन्दुमा कायम भएको छ। आज कूल २७७ कम्पनीहरूका ५६ लाख २० हजार ३८१ कित्ता शेयर रु. १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ मा खरिद बिक्री भए।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १९ करोड ८९ लाख ५६ हजार ३५३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. ९ करोड ९८ लाख ४५ हजार ७८४ बराबरको शेयर कारोबार भएको छ।
यता, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ९ करोड १९ लाख ४२ हजार १११ कारोबार हुँदा सानिमा माइ हाइड्रोपावर लिमिटेडको रु. ७ करोड ४७ लाख ६७ हजार ५६६ र सोल्टी हाेटल लिमिटेडको रु. ७ करोड ३० लाख ९५ हजार २३० बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
