इमर्जिङ्ग नेपाल लिमिटेडले मङ्सिर १५ गते (आज) आठौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा बानेश्वर ब्याङ्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७९/०८० को नाफा-नोक्सान हिसाब तथा वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने छ भने आ.व २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ८.४२१०५ प्रतिशतको दरले हुन आउने रकम रु. ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर ०६ गते देखि मङ्सिर १५ गते सम्म नौ दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा मङ्सिर ०५ कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
आज इमर्जिङ्ग नेपाल लिमिटेडले आठौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
