साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ६८ अङ्कले बढेर १९३२ दशमलव ३३ को विन्दुमा कायम भएको छ। आज कूल २६१ कम्पनीहरूका ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर रु. २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा सोल्टी हाेटल लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १० करोड १३ लाख १० हजार ७३४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडको रु. ८ करोड ९७ लाख २१ हजार ४९१ बराबरको शेयर कारोबार भएको छ।
यता, नागरिक लगानी कोषको रु. ६ करोड ९० लाख ३८ हजार ०९६ कारोबार हुँदा नेपाल टेलिकमको रु. ६ करोड ५२ लाख ९० हजार २६३ र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. ५ करोड ६७ लाख ७१ हजार १५५ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
