
साताको चौथो कारोबार दिन नेप्से परिसूचक १ दशमलव ६४ अङ्कले घटेर २६८१ दशमलव ५० को विन्दुमा कायम भएको छ। आज कूल ३२६ कम्पनीहरूका १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता शेयर रु. ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ०९८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८० करोड ७७ हजार ४०५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ६० करोड ३० लाख ५९ हजार ७१५ बराबरको शेयर कारोबार भएको छ ।
यता, राधी विद्युत कम्पनी लिमिटेडको रु. २६ करोड २५ लाख ३६ हजार ६०४, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको रु. २५ करोड १८ लाख ८५ हजार ८३६ र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु. २० करोड २५ लाख १८ हजार २६५ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
