साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर २०३७ दशमलव ०६ को विन्दुमा कायम भएको छ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९५ प्रतिशत, भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ७.५२ प्रतिशत, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ७.५२ प्रतिशत र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ६.६८ प्रतिशतका दरले कमाएका छन् ।
यता, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताहरूले ५.६२ प्रतिशतले गुमाउँदा माेलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड ५.०४ प्रतिशत, शुभम् पावर लिमिटेड ४.३१ प्रतिशत, युनिलिभर नेपाल लिमिटेड ४.१२ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ३.६५ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
