ग्रिन भेन्चर्स लिमिटेडले आज चौथौँ वार्षिक साधारण सभा गर्दै

ग्रिन भेन्चर्स लिमिटेडले असार २९ गते (आज) चाैँथाे वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा बानेश्वर ब्याङक्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा  बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले कम्पनीको नियमावलीको नियम २७(३) मा सञ्चालकहरूको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको र नियमावलीको नियम २९(२) मा स्वतन्त्र सञ्चालकको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको तर कम्पनी एेनकाे दफा ९०(२) मा सञ्चालकको कार्यकाल ४ वर्ष हुने व्यवस्था भएकोले सो अनुकूल सञ्चालकको कार्यकाल ४ वर्ष राख्नको लागि नियमावलीका उक्त नियमहरूमा संशोधनको लागि विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १५ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x