पर्यटन प्रवर्धनका लागि मौलाकाली र लुम्बिनी केवलकारको आपसी सम्झौता

मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ । जस अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउने भएका छन् । मौलाकाली केवलकारका स्टेसन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा गरेका सेवाग्राही यात्रुले अर्को केवलकारमा यात्रा गर्दा २० प्रतिशत छुट पाउने छन् । अघिल्लो यात्राको टिकट देखाएर उक्त छुट प्राप्त गर्न सकिने मौलाकाली केवलकारका स्टेसन म्यानेजर सुरज पौडेलले बताउनुभयो । “हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई अझै व्यवस्थित र सहज कसरी गर्न सकिन्छ भनेर हामीले सोचिरहेका छौँ”, पौडेलले भन्नुभयो । यो छुटले लुम्बिनी र मौलाकाली दुवै तर्फका सेवाग्राही लाभान्वित हुनेछन् । आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकार बिचको यो सम्झौता आपसी सहकार्यको राम्रो नमुना भएको पौडेलको भनाई छ । एकले अर्को गन्तव्यको प्रवर्धन गर्ने यो संस्कृतिले पर्यटन प्रवर्धनमा पनि राम्रो टेवा पुग्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनुभयो । एक अर्काका यात्रु सेवाग्राहीलाई दिइने यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले ३ महिनासम्म प्राप्त गर्न सकिने घिमिरेले बताउनुभयो ।

मौलाकाली केवलकार नवलपुरको गैँडाकोटमा अवस्थित छ जहाँबाट १५  औँ शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ भने लुम्बिनी केवलकार बुटवलको गोल पार्कमा अवस्थित छ जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सकिन्छ । मौलाकाली केवलकारको टप स्टेसनमा सुविधा सम्पन्न होटेल सञ्चालित छ भने वसन्तपुरमा पनि १५० कोठा सहितको अति सुविधा सम्पन्न होटेल निर्माण हुने चरणमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x