तनहुँको भीमाद नगरपालिका–७ र ९ को सिमानामा रहेको सिद्ध गुफालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त गुफाको विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माण कार्य अघि बढाएको हो ।
गुफाभित्र चुन पग्लेर बनेका विभिन्न आकृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रचारप्रसारको अभावमा सिद्ध गुफा ओझेलमा परेको छ । उक्त गुफाको विकास गर्न भीमाद नगरपालिकाले रु तीन करोड विनियोजन गरी विभिन्न संरचना निर्माणको काम गरिरहेको छ । सिद्ध गुफामा प्रवेशद्वार, गुफासम्म जाने मार्गमा कालोपत्र, टिकट काट्ने घर, व्यवस्थित शौचालयलगायतका संरचना निर्माण भइरहेका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।
कोभिड–१९ अघि आन्तरिक पर्यटक चहलपहल बढेको थियो । पछिल्लो समय भने सो सङ्ख्या घटेको नगरप्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो– “अहिले गुफा परिसरमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् ।” पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले सक्दो पहलकदमी गर्दै आएको प्रमुख सुवेदी बताउनुहुन्छ ।
बिदाका दिनमा गुफाको अवलोकन गर्न दैनिक दुई सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन् । गुफाभित्र तीन तलासम्म हिँडडुल गर्न मिल्छ । गुफाको प्रत्येक तलामा आकर्षक चित्रहरू रहेका छन् । गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृति देख्न सकिन्छ ।
गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा करिब तीन किलोमिटर लामो छ । चमेरो गुफाभित्र पातालगङ्गा रहेको छ । पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि चार किलोमिटर पश्चिममा सिद्ध गुफा पर्दछ । पृथ्वी राजमार्गको खैरेनीटारबाट सात किलोमिटर दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी–भिमाद मोटर मार्ग र सिद्ध गुफा मोटर मार्ग छुट्टिन्छ । जिदीखोलाको किनार हुँदै पश्चिम दिशातर्फ गएपछि भिमाद–९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्ध गुफा क्षेत्र आरम्भ हुन्छ । सिद्ध गुफाको चारैतिर वन जङ्गल क्षेत्र छ । यहाँको मनोरम दृश्यले जो कोही पर्यटक पनि लोभिन्छन् ।
सिद्ध गुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en