लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् ।
आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गर्नुभएको थियो ।
एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस बाहेक विशिष्ट व्यक्तिहरू, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका छन् ।
केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउँपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने ज्येष्ठ नागरिक,अपाङ्गता भएकालाई पनि टिकटमा छुट दिएको छ ।
टप स्टेसनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतीको मन्दिर, भगवान् शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमफिरका लागि पर्याप्त ठाउँ र संरचनाहरू रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य सङ्ख्यामा पर्यटकहरू आएका प्रालिले जनाएको छ ।
२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेसन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाइमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शीतल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ ।
टप स्टेसनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्विमिङ पुल सहितको पाँचतारे होटेल बन्ने प्रक्रियामा रहेको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।
लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयाँ पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताउनुभयो ।
लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपूर्ति दिन सक्ने भएकाले यस्ता ठुला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजू बताउनुभयो ।
केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिनुभयो ।
नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैयाँ र भारतीयका लागि ७५० भारु रहेको छ । केबलकारले प्रत्येक टिकट मूल्यको एक–एक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाको दीर्घकालीनरुपमा विकासमा ठुलो योगदान पुग्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।
लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक,७ प्रतिशत भारतीय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en