नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले सबै चुनौती र प्राकृतिक विपद् पार गर्दै भविष्यको मोबिलिटीको प्रतीक ‘डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी’ र अत्याधुनिक ‘युनिट्री रोबोट्स’ सुरक्षित रूपमा काठमाडौं ल्याउन सफल भएको घोषणा गरेको छ।
प्रेस विज्ञप्तिमार्फत नाडाले जनाएको छ कि तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक अवरोध र अनपेक्षित चुनौतीहरू पार गर्दै नेपालमा सम्भव नभएको मानिएको कुरा सम्भव बनाउन सफल भएको हो।
यी अत्याधुनिक प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयारी अवस्थामा छन् र दर्शकहरूले यसलाई प्रत्यक्ष अनुभव गर्न आगामी १७औं नाडा अटो शो २०२५ मा अवसर पाउनेछन्।
यसपटकको अटो शो केवल प्रदर्शनी मात्र नभई नेपालले प्रविधि र भविष्यप्रतिको दृष्टिकोणलाई अघि बढाएको जीवन्त प्रमाण हुने नाडाले जनाएको छ।
२०७२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने यो प्रदर्शनीमा सहभागी भई यस ऐतिहासिक क्षणका साक्षी बन्न नाडाले सबैलाई आह्वान गरेको छ।