नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे यात्राको अवसरमा ‘१८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
करिब तीन लाख वर्गफिट क्षेत्रमा हुने अटो शोमा २ सयभन्दा बढी स्टल रहनेछन्। मेलामा २३ चार पाङ्ग्रे, १७ साना तथा मझौला व्यावसायिक सवारी र १३ दुई पाङ्ग्रे ब्रान्ड सहभागी हुनेछन्।
त्यस्तै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणका करिब ७० कम्पनीसहित १० बैङ्क, वित्तीय संस्था तथा बीमा कम्पनीको सहभागिता रहनेछ।
नाडाका अनुसार नेपालमा हाल करिब ५५ लाख सवारीसाधन दर्ता भएका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात हुँदा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ।
हरित गतिशीलतातर्फ पनि नेपाल अघि बढिरहेको नाडाले जनाएको छ। हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेको र करिब २ हजार चार्जिङ स्टेसन सञ्चालनमा रहेको जनाइएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणलाई संस्थाको मात्र नभई समग्र अटोमोबाइल उद्योगको योगदान प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।
नाडाले ५० वर्षको यात्रालाई रोजगारी, राजस्व, हरित प्रविधि र आर्थिक गतिविधिमा अटोमोबाइल क्षेत्रको योगदानसँग जोड्दै आगामी दिनमा नेपाली यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन भूमिका खेल्ने जनाएको छ।
नाडा अटो शो २०२६ भदौ ९ देखि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
