बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताउनुभएको छ ।
उहाँले शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरण गरी प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिन सरकार तयारी अवस्थामा रहेको बताउनुभयो । आज बागमती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सेवा, कृषि, पर्यटन र खेलकुद क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । अब सरकार शिक्षामा नयाँ नीति र मोडल निर्माण गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।
संविधानमा उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहेको छ । “सोहीअनुसार प्रदेशले उच्च शिक्षा ऐन जारी गरी कार्यान्वयन गर्नअघि बढेको हो”, उहाँले बताउनुभयो । “उच्च शिक्षा ऐनले व्यवस्था गरेअनुसार प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको र सो परिषद्मार्फत प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको छ ।
बोर्ड अफ ट्रस्टीको व्यवस्था अन्य कुनै पनि विश्वविद्यालयमा नरहेको भन्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढाएको बताउनुभयो । “प्रवेश परीक्षा प्रणाली घातक छ । निश्चित सङ्ख्या र प्रवेश परीक्षाको नाममा नेपालमा पढ्न नदिने बाहिर पठाउने काम भइरहेको छ । यस प्रणालीको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्छ”– उहाँले भन्नुभयो ।
प्रदेश सरकारले विश्वविद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी काम गर्नुपर्ने बताउँदै विशिष्ट कृत पाठ्यक्रम निर्माण तथा अध्यापन र विद्यार्थी पलायन रोक्न सक्ने गरी प्रदेश विश्वविद्यालयले काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en