एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडद्वारा मेचीनगर–२, गाडागल्ली, झापास्थित कृष्ण आधारभूत विद्यालयका १५९ जना विद्यार्थीहरूको शैक्षिक वृत्ति विकासको लागि शैक्षिक सामग्रीहरू हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेलले विद्यालयका प्रधानाध्यापक राजन कुमार गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई मञ्जील देवान बिच एक कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की तथा मार्केटिङ अफिसर गजेन्द्र ढकाल साथै काकरभिट्टा शाखाका शाखा प्रबन्धक उमेश कुमार घिमिरे लगायत बैङ्कका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरूको उपस्थिति रहेको थियो ।
एक्सेल डेभलपमेन्ट बैङ्कद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
