८ हजार ७१२ कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैङ्क

कुमारी बैङ्कका संस्थापक शेयरधनीले ८ हजार ७१२ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २२ चैत्रदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयर धनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैङ्कले प्रतिकित्ता शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बताएको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले २२ चैत्रबाट कुमारी बैङ्कको शेयर रजिष्टर्ड, कुमारी क्यापिटल लिमिटेड काठमाण्डाैँ-१ नक्साल, नागपाेखरी वा कुमारी बैङ्क लिमिटेडको प्रधान कार्यालय काठमाडौँमा टंगालमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x