खुद ब्याज आम्दानी घटेसँगै मेराेमाइक्राेफाइनान्स लघुवित्तको नाफामा ८४.३६ प्रतिशतको गिरावट

मेराेमाइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८४.३६ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले  २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको मेराेमाइक्राेफाइनान्स लघुवित्तले १५ अर्ब ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मेराेमाइक्राेफाइनान्स लघुवित्तले ९ अर्ब ६९ करोड रुपैयाँ सापटी लिएको छ भने लघुवित्तको जगेडा कोषमा ४९ करोड ३९ लाख रुपैयाँ र सञ्चित मुनाफा ३७ करोड २२ लाख  रुपैयाँ रहेको छ ।

मेराेमाइक्राेफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.०७ प्रतिशतले घटेर २० करोड १६ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.८९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ७५० को आधारमा मूल्य आम्दानी अनुपात ८७.९२ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x