नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटल प्रा.लि. (Eye & ENT Hospital) मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने  Consultation शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।
यसबाट नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने  CYST Removal, SICS + PCIOL, SICS+PCIOL with EC+Yellow, PHACO with foldable lens yellow/yellow-H/, PHACO with foldable HOYA IOL lens, PHACO with foldable-LCON IOL lens, Trabeculectomy, TRAB+SICS+PCIOL combined, DCR with tube, Pterygium with autograft TA, Corneal Repair, Evisceration, Chalazion [I & C], STYE [I& D], YAG capsulotomymy, YAG PI, LID Repair, Trasorrhaphy, Conjuctival Repair, Entropion/Ectropion correction, DCT, Bandage contact lens जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
 
नेपाल बैङ्क लिमिटेड र सुनैना हस्पिटल प्रा.लि. बिच सम्झौता
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            