कर्णाली डेभलपमेन्ट बैंकको नाफा १४३.३९ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैङ्क ३ करोड ७९ लाख रुपैयाँ घाटामा थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
५० करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कर्णाली डेभलपमेन्ट बैंकले ४ अर्ब ३८ कराेड रुपैयाँ निक्षेप सङ्कलन गरी ३ अर्ब २८ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ६ करोड ५४ लाख रुपैयाँ र सञ्चित मुनाफा २ करोड ४७ लाख रुपैयाँ रहेको छ ।बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४४.२६ प्रतिशतले घटेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात ३.१२ प्रतिशत र प्रतिशेयर आम्दानी ३ रुपैयाँ २७ पैंसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ०२ पैसा र पछिल्लो कारोबार मूल्य रु २४० को आधारमा मूल्य आम्दानी अनुपात ७३.३९ गुणा रहेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १४३.३९ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
