नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साप्ताहिक कारोबार तालिकामा परिवर्तन गर्दै अबदेखि शुक्रवार पनि शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय अनुमोदन गरेको हो।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यसहित आइतबार सार्वजनिक बिदा लागू गरेपछि सो दिन बजार बन्द रहने भएको छ। त्यसको विकल्प स्वरूप सातामा पाँच दिन कारोबार निरन्तर राख्न नेप्सेले शुक्रवारलाई कारोबार दिनको रूपमा समावेश गरेको हो।
नयाँ व्यवस्था अनुसार अब बजार सोमबारदेखि शुक्रवार सम्म खुल्नेछ भने आइतबार र शनिवार बन्द रहनेछ।
यस अघि पनि २०७९ सालमा सरकारले शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्दा नेप्सेले अस्थायी रूपमा शुक्रवार कारोबार सञ्चालन गरेको थियो। पछि आइतबारको बिदा हटाइएपछि पुरानै तालिका पुनः लागू गरिएको थियो।
नयाँ निर्णयसँगै लगानीकर्ताले साताको पाँच दिन नियमित रूपमा कारोबार गर्न पाउने सुविधा कायम रहने नेप्सेले जनाएको छ।
अब शुक्रवार पनि शेयर बजार खुल्ने, नेप्सेले कारोबार तालिकामा गर्यो परिवर्तन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
