यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३४ दशमलव १७ अङ्कले बढेर २०२० दशमलव ६४ को विन्दुमा कायम भएको छ। आज कूल २७० कम्पनीहरूका १ करोड ०८ लाख ०१ हजार ६९३ कित्ता शेयर रु. ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २७ करोड ६६ लाख ८७ हजार २५० बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन डिष्टिलरी लिमिटेडको रु. १७ करोड ५० लाख ९५ हजार २२० बराबरको शेयर कारोबार भएको छ।

यता, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १६ करोड २६ लाख ७८ हजार ८४३ कारोबार हुँदा  सोल्टी हाेटल लिमिटेडको रु. १२ करोड १८ लाख ४६ हजार ७८० र नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ८ करोड ८३ लाख ०८ हजार ७९० बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x