घोराही सिमेन्ट इण्डष्ट्रीको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?



घोराही सिमेन्ट इण्डष्ट्री  लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल पौष ०५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जानकारी दिएको छ ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x