प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई लाजिम्पाट, काठमाडौँ स्थित र्याडिसन होटेल, काठमाडौँ सँग होटेलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ ।
र्याडिसन होटेल, काठमाडौँ एक अन्तर्राष्ट्रिय होटेल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढी समय देखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रूपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटेल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटेल, काठमाडौँका तर्फबाट निर्देशक (Food and Beverage) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गाना द्वारा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार प्रभु बैङ्क लि.का कर्मचारी तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा होटेलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरू मध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै (Food and Beverage) र्याडिसन होटेल काठमाडौँले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरू बाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन् ।
प्रभु बैङ्क र र्याडिसन होटेल, काठमाडौँ बिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
