हिमालयन बैंकको नाफा ५३ करोड २४ लाख, निष्क्रिय कर्जा अनुपात २.३१ प्रतिशत

हिमालयन बैँकको नाफा १७.५७ प्रतिशतले बढेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ४५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा बैङ्कले ५३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन बैंकले १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ७ अर्ब ३५ करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६२.१६ प्रतिशतले बढेर १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x